२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलको बुद्धनगरमा नक्कली मह उत्पादन गर्ने कारखाना फेला



बुटवल । बुटवलको बुद्धनगरमा नक्कली मह उत्पादन गर्ने कारखाना फेला परेको छ । विभिन्न अखाद्य वस्तु मिसाएर मह जस्तै तरल पदार्थ बनाउने कारखानामा प्रहरीले छापा हानेको हो ।

वडा प्रहरी कार्यालय बुटवलको टोलीले नक्कली मह बनाउने कारखानाबाट ठुलो परिमाणमा बजारमा लैजान तयार गरिएको मह बरामद गरेको छ भने उत्पादनमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

प्रहरीका अनुसार विगत लामो समय देखि बुद्धनगरको सो कारखानाबाट नक्कली मह बनाएर बुटवल र त्यस आसपासमा ती समुहले बिक्री वितरण गर्ने गरेका थिए ।

बरामद गरिएको तयारी मह जस्तो देखिने पदार्थलाई केही बुटवल-११ सिर्जना नगरमै नष्ट कगरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १ : ३४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,