१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बेलहिया देखि काठमाडौं सम्म ‘हिमालयन मेट्रो ’ एसी बस



बुटवल । रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहिया देखि संघीय राजधानी काठमाडौं सम्म नयाँ आत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (एसी) बस सुरु भएको छ ।

आईतबार साँझ बेलहिया बाट पहिलो पटक काठमाडौंका लागि हिमालयन मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु मदन पन्थी, विष्णु प्रसाद पाण्डे, बासुदेव अर्यालको लगानीमा पहिलो चरणमा अत्याधुनिक ३ वटा बस सुरुवात गरिएको छ ।

पहिलो चरणमा ३ वटा बस निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको र आगामी दिनमा थप ३ वटा बस तयारी गरिएको सञ्चालक मदन पन्थीले जानकारी दिए । अगामी दिनमा नेपालका ठुला सहरहरूमा एस बसकोे सेवा विस्तार गरिने समेत उनले जानकारी दिए ।

नयाँ बस बसको सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा पर्यटन व्यवसायी विष्णु शर्मा सहित सञ्चालकलहरुले रिबन काटेर औपचारिकरुपमा बस शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शर्माले अहिलेको आर्थिक संकटको बेलामा शुभारम्भ गरिएको आत्याधुनिक बसले सेवाग्राहीहरुको मन जित्न सफल हुने अपेक्षा लिएको बताएका थिए । उनले व्यवसायीहरुको आँट र साहको उच्च प्रंशसा गर्दै यातायात व्यवसायममा हिमालय मेट्रो एउटा सफल यातायातको रुपमा शुभारम्भ हुने समेत बताए ।

कार्यक्रममा नेपाल-भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बेलहिया काउन्टर ईन्चार्ज सुरेन्द्र पन्थी, सिद्धार्थ नगर नरपालिका वडा नम्बर १ का वडा सदस्य मीन बहादुर गुरुंङ्ग, धनु रायमाझी लगायतले बोल्दै नयाँ शुभारम्भ भएको बसको उच्च सफलताको कामना व्यक्त गरेका थिए ।

अशोक ल्यल्याण्ड कम्पनीको उक्त बसको नेपालमा आईएमई मोटर्सले माकेटिङ्ग गर्दै आएको छ । कम्पनीका शाखा प्रबन्धक लेखनाथ बस्याल(शंकर)ले अन्य कम्पनिको गाडी भन्दा यो कम्पनीको गाडीले ईन्धनखपत न्युनरहेको कारण व्यवसायीहरुको रोजाईमा पर्न सफल भएको बताएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ५९ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा