४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘बुस्टर डोज’ लगाउने न्यून



महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उनले भने, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ”, खोप प्रमुख कुँवरले भने, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।”

उनले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिए । यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ०९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा