२७ भदौ २०८३, शनिबार | September 12, 2026

तनहुँको सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते


१ जेष्ठ २०८०, सोमबार  

221
Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५ बस्ने ३७ वर्षीय सुविन कुँवर, गैँडाकोट नगरपालिका बस्ने १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँ बस्ने शिवहरि श्रेष्ठ, पर्वत फलेवास नगरपालिका–१० बस्ने २१ वर्षीय विष्णुप्रसाद चापागाई, पैयु गाउँपालिका–१ बस्ने २७ वर्षीय टीकाराम न्यौपाने, पोखरा महानगरपालिका बिरौटा बस्ने २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोला बस्ने २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते भएका छन् ।

त्यसैगरी सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडाँ बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेबास बस्ने ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत विहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनिता देवी र ३६ वर्षीय राहुल साह घाइते भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ४३ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल