१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सकिएन बालकृष्ण खाँणको बयान, भोलि फेरि निरन्तर



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।

वैशाख २७ गते नक्कली शरणार्थी प्रकरणमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि सुरुमा ३ दिन म्याद थप गरिएको थियो । प्रहरीले आइतबार दोस्रो पटक ४ दिन म्याद थप गरेको छ । बयानका लागि अनुसन्धान टोलीले ६० भन्दा धेरै प्रश्न तयार गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा पैसाको लेनदेनदेखि प्रतिवेदन किन परिर्वतन गरियोसम्मका प्रश्न उनलाई सोधिएको थियो । अनुसन्धानका लागि सोधिएको प्रश्नमा खाणले के उत्तर दिए भन्ने कुरा अनुसन्धानकै पाटो भएकाले भन्न नमिल्ने एक सरकारी वकिलले बताए ।

बयान सकिएपछि अब प्रहरीले अर्का राजनीतिक नेता टोपबहादुर रायमाझीको बयान लिनेछ । बयानमा क्रममा सचिव पाण्डेले रकम दिएको भनी स्वीकार गरेकाले उक्त रकमको बारेमा पनि सोधिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : ४८ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास