२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका बालकृष्ण खाँण धरौटी तिरेर रिहा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटी तिरेर रिहा भएका छन् ।

पाटन उच्च अदालतले बिहीबार खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खाँणले आज काठमाडौं जिल्ला अदालत पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेपछि रिहा भएका हुन् । उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका थिए ।

खाँण जेलबाट रिहा भएलगत्तै कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउनेछ । त्यसपछि मात्र उनी पुरै रिहा हुनेछन् ।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँएपछि हिजो तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासले रिहा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५४ बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव