२६ बैशाख २०८१, बुधबार | May 8, 2024

परराष्ट्रमन्त्री साउदले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्ण खाणलाई



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले भेटेका छन् । मन्त्री साउदले केन्द्रीय कारागार सुन्धारा पुगेर खाणलाई भेटेका हुन् ।

केन्द्रीय कारागार सुन्धारा प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागारमा पुगेका थिए । उनीहरूबीच आधा घण्टा बढी कुराकानी भएको प्रशासन स्रोतले जानकारी दियो ।

खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

खाण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति हुँदादेखि ‘गहिरो’ सम्बन्ध छ । २०४६ सालको जनआन्दोलनताका खाण नेविसंघको सभापति थिए । खाणले गरेको महाधिवेशनबाट साउद सभापति चुनिएका थिए । खाण पछि २०६२र०६३ मा तरुण दलको अध्यक्ष पनि भए । साउदले भने तरुण दलमा राजनीति गरेनन् ।

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाण र साउद पार्टीभित्र संगठन भएका प्रभवशाली नेता मानिन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ३९ बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई