८ बैशाख २०८३, मंगलबार | April 21, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि सरोकारवालाबाट सुझाव संकलन



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव दिएका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा विकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्न सुझाव दिएका हुन् ।

छलफल कार्यक्रममा सहभागीहरुले अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोत साधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्ययोजना बनाई अघि बढ्नु पर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट टाढा राख्नु पर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाबहरु दिएका थिए । यसैगरी ओपिडी सेवालाई जनरत र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्नु पर्ने सुझाब संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाब संकलनपछि सेवा सुदृढिकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जि.सी, राजष्ट्रिय जनमोर्चा पार्टीका रुपन्देही सचिव टान बहादुर के।सी, एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल बिकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्व अध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल तथा सुर्य बहादुर भट्टराई लगायतले सुझाब प्रस्तुत गरेका थिए ।

अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, रेड क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वयमसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल लगायते बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पतालका पूर्व अध्यक्ष, मेडिकल सुपेरिटेन्डेनहरु तथा संघ संस्थाका प्रतिनिधिहरु बीच सेवा सुदृढिकरणका लागि छलफल गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ४१ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति