२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि सरोकारवालाबाट सुझाव संकलन



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव दिएका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा विकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्न सुझाव दिएका हुन् ।

छलफल कार्यक्रममा सहभागीहरुले अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोत साधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्ययोजना बनाई अघि बढ्नु पर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट टाढा राख्नु पर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाबहरु दिएका थिए । यसैगरी ओपिडी सेवालाई जनरत र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्नु पर्ने सुझाब संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाब संकलनपछि सेवा सुदृढिकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जि.सी, राजष्ट्रिय जनमोर्चा पार्टीका रुपन्देही सचिव टान बहादुर के।सी, एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल बिकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्व अध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल तथा सुर्य बहादुर भट्टराई लगायतले सुझाब प्रस्तुत गरेका थिए ।

अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, रेड क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वयमसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल लगायते बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पतालका पूर्व अध्यक्ष, मेडिकल सुपेरिटेन्डेनहरु तथा संघ संस्थाका प्रतिनिधिहरु बीच सेवा सुदृढिकरणका लागि छलफल गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ४१ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ