२५ भदौ २०८३, बिहिबार | September 10, 2026

अर्घाखाँचीमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ



अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेर आज मङ्गलवार सार्वजनिक गरेको हो । जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए । भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यो नियममा छ महिनादेखी दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ३६ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको