३ पुस २०८२, बिहिबार | December 19, 2025

नेवा सुपरस्टार सिरपा विजेता घोषणा



काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए ।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए । प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए ।

प्रतियोगिताका लागि २०७७ सालमा प्रतिष्पर्धी छनोट भएका थिए । विजेताले विभिन्न पुरस्कार प्राप्त गरे । कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायकगायिकाले नेपाल भाषाका गीत गाएका थिए ।

नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  २ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको