१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले रुपन्देहीले मनायो मदन-आश्रित स्मृति दिवस



बुटवल । जनताको बहुदलीय जनवादका प्रणेता, नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३०औं स्मृति दिवस रुपन्देहीमा मनाइएको छ । नेकपा एमाले रुपन्देहीले एक कार्यक्रम गरी समृती दिवस मनाएको हो ।

एमाले पार्टी कार्यालय बुटवल सुख्खानगरमा स्वर्गीय भण्डारी र आश्रितको तस्वीरमा टीका र पुष्पगुच्छा चढाइ पार्टीका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस अवसरमा एमाले पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरी, अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज शिवराज सुवेदी, केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज सावित्रा अर्याल, एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी लगायतका पार्टीका विभिन्न नेताहरुको उपस्थितिका कार्यक्रम गरिएको हो ।

आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा यी दुवै जननेताको रहस्यमय रूपमा निधन भएको थियो । सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना भने अझै रहस्यमय रहेको छ ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सही मार्गमा पार्टीलाई एकतावद्ध ढंगले हिंडाउन सकियो भने मात्रै स्वर्गीय भण्डारी र आश्रितप्रति सच्चा श्रदान्जली हुने बताए । पार्टीलाई अव नयाँ ढंगले अगाडि लैजानुपर्ने आवश्यकता रहेको र युवाहरुको काँधमा समेत अव महत्वपूर्ण जिम्मेवारी आएको भन्दै गिरीले जनताको बहुदलीय जनवादले मौ मुलुकलाई सही दिशामा लैजान सक्ने बताए ।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले स्वर्गीय भण्डारी र आश्रितको गाथा गाउनु भन्दा पनि उहाँहरुले देखाएको मार्गमा पार्टीलाई हिंडाउनुपर्ने आवश्यकतामा जोड दिए ।

एमाले केन्द्रीय सदस्यद्वय शिवराज सुवेदी र सावित्रा अर्यालले स्वर्गीय नेताद्वयको योगदानको चर्चा गर्दै एमाले धेरै जनताले मन पराएको पहिलो पार्टी हुँदाहुँदै पनि दोस्रो शक्तिको रुपमा खुम्चिनुपरेकाले यसको समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई बलियो अवस्थामा पु¥याउन पार्टीको संम्पूर्ण पंक्ति लाग्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै उमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीले मदन भण्डारी र जीवराज आश्रितबाट धेरै कुरा सिक्नुपर्ने भन्दै उहाँहरुको इतिहासको चर्चा गरेका थिए । कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि भण्डारी र आश्रितको योगदानबारे चर्चा गर्दै पार्टीले लिएको विचार सही भएको बताएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ५ : ५६ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी