३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भुटानी शरणार्थी प्रकरण : रायमाझी, खाँणसहितका आरोपितलाई अनुसन्धान गर्न ३ दिन म्याद थप



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहितका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन म्याद दिएको भएपनि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेपछि कार्यालयले ३ दिनको म्याद थपिदिएको हो ।

अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको जनाएको थियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी प्करणमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो भने त्यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

पाण्डेको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री खाँणलाई समेत पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ०९ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर