८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको १० दिन भित्रमा ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिए ।

बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उनको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उनले बताए । उनले भने, “अर्थ मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा कुराकानी हुँदा अर्थले बजेट सुनिश्चित गर्नुप¥यो र प्राविधिकरुपमा गर्नुपर्ने काम विभागले गरिरहेको बताएको छु ।”

सांसद गौतमलाई अनशन तोड्न आग्रह

मन्त्री ज्वालाले हाल अनशनमा बसिरहेका सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन् । अरु मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित मन्त्रालय बोल्ने भए पनि आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको उनको भनाइ छ । जब्दिघाट पुल निर्माण गर्नुपर्नेलगायतका माग गर्दै बर्दियाका सांसद गौतम भाँचिएको पुलमुनी आमरण अनशन बसेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सो पुल पाँच वर्ष पहिले भत्केको थियो भने गत वर्षको बाढीले सबै संरचना बगाएको थियो ।

विकासका काम छिटो सम्पन्न भएर नागरिकले छिटो सुविधा पाउन् भन्ने कुरामा आफूले ध्यान दिइरहेको मन्त्री ज्वालाले बताए । ‘क्रोनिक’ ठेक्काका विषयमा सकेसम्म लचिलो भएर काम गराउन लागिएको उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय वा अन्य कुन मन्त्रालय वा निकायका कारण निर्माणमा अवरोध पुगेको हो सो निकायसँग अनुरोध गरेर वा दबाब दिएर कसरी हुन्छ काम गराउन लागिएको उनले बताए । उनले भने, “कुनै पनि अवस्थामा काम नहुने र जनतालाई दुःख दिने र काम गर्नसक्ने अवस्था नभएमा मात्रै ठेक्का तोड्न लागिएको छ ।”

घोराहीको बबईदेखि तुलसीपुरसम्मको एक्जिम बैंकको सफ्ट लोनमा अघि बढेको सडक योजनाको ठेक्का तोडिएको उनले जानकारी दिए । सन् २०१९ मा दुई वर्षमा सकाउने गरी ठेक्का भए पनि अवधि थप्दासमेत १० प्रतिशत बाहेक प्रगति नभएकाले त्यो ठेक्का तोडिएको उनले बताए ।

मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले गत आर्थिक वर्षमा कतिपय पुराना ठेक्का सम्पन्न भएका र नभएको योजनामा पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइरहेको बताए । सधैँ निर्माण व्यवसायीको कारणले मात्रै नभएर कहिलेकहिले भौगोलिकलगायतका कारणले निर्माणमा समस्या आउने गरेको उनले बताए ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले यस अघि पनि जब्दिघाट पुलका विषयमा कुरा उठेको र कुन विकल्पमा जान सकिन्छ भनी छलफल भइरहेको बताए । अहिले आफू विभागका पुल महाशाखाका प्रतिनिधिसहित निर्माणस्थल पुगेर स्थानीयवासीसँग छलफल गरेर आएको उनले जानकारी दिए । उनले भने, “स्थानीयवासीसँग अहिले पुल भएको ठाउँभन्दा केही यताउता बनाउने गरी कुरा भएको छ ।”

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २७ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका