काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको हो ।
अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल पक्राउ परेका थिए । अनुसन्धानको क्रममा रिजालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।



















प्रतिक्रिया