११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी



काठमाडौं । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ । भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन् ।

जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ । गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा, लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन् । भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो ।

भिडियो

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : २८ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको