२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कुश्मिसेरा–राङ्खानी सडक : दुई वर्षको काम चार वर्षमा आधा



बागलुङ । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।

निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लागदा आधा मात्रै काम भएको छ । एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुँदा अलपत्र सडकमा यात्रुलाई सास्ती भएको नारायणदत्त पाध्यायले गुनासो गरे ।

“अहिले बरेङमा कालोपत्र भइसक्यो तर कुश्मिसेराबाट राङ्खानीसम्म आउने सडक कालोपत्र नहुँदा हामीलाई सास्ती भएको छ”, उनले भने, “सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई काराबाही गर्न आवश्यक छ ।”

बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमी सडक कालोपत्रका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो ।

कुश्मिसेरादेखि राङ्खानी पुग्ने १० किमी सडक विसं २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी ठेक्का लगाए पनि ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दा १० किमी सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर गणेश सुवेदीले जानकारी दिए । राङ्खानीदेखि बरेङसम्मको ११ किमी सडक भने दुई वर्ष नपुग्दै ८० प्रतिशत प्रगति भइसकेको छ ।

“दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको उक्त सडक कुश्मिसेरादेखि बरेङ पुग्ने २१ किमी सडकमा पहिलो खण्ड १० किमी २०७६ असोज र दोस्रो खण्ड ११ किमी २०७८ कात्तिकमा ठेक्का सम्झौता गरेर अगाडि बढेको हो, पहिलो खण्ड २०७८ असोजमै सकिनुपर्ने थियो, तर अहिलेसम्म ५० प्रतिशत भौतिक प्रगति देखिएको छ, हामीले निरन्तर ताकेता गरेका छौँ, निर्माण व्यवसायी एक वर्षपछि अहिले काममा फर्किएको छ, असार अन्तिमसम्म म्याद छ, कालोपत्र सक्नेगरी कामलाई तीव्रता दिन भनेका छौँ”, प्रमुख पौडेलले भने, “तल्लो सडक यस्तो हालतमा हुँदा उपल्लो सडक सुरुको ठेक्का मितिमै धमाधम कालोपत्र भइरहेको छ, असारसम्म सडक कालोपत्र नथाले कुश्मिसेरादेखि राङ्खानी सडक निर्माणको जिम्मा पाएको शर्मा क्याराभान कम्पनीलाई कारबाहीको प्रक्रियामा जानेछौँ ।”

एक वर्षदेखि सम्पर्कविहीन भएको निर्माण व्यवसायी अहिले काममा फर्केर कटिङ, नाली तथा ग्राभेलको काम थाले पनि असारसम्म कालोपत्र सक्ने कुनै लक्षण देखिँदैन । निरन्तरको ताकेतापछि निर्माण व्यवसायीले एक वर्षदेखि सम्पर्कविहीन भएकामा अहिले काम थाले पनि तीव्रता पाउन नसकेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुजन देवकोटाले जानकारी दिए ।

रु २४ करोड ५८ लाखमा दुई वर्षमा सक्नेगरी विसं २०७६ असोजमा शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि फेरि विसं २०८० असार मसान्तसम्म म्याद थप गरे पनि उक्त समयमा समेत सडकको कालोपत्र गर्न नसक्ने अवस्था देखिएको देवकोटाले जानकारी दिए।

कोरोना कहर र मूल्यवृद्धिका कारण समयमै काम गर्न नसकेको निर्माण व्यवसायीको भनाइ छ । समस्या भए पनि पछिल्लो समय कामलाई निरन्तरता दिएको शर्मा क्याराभान जेभीका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले बताए । “मूल्य वृद्धिका कारण समस्या भयो, कोरोना कहरले एक वर्ष काम गर्न सकिएन”, अहिले काममा फर्केका छौँ, ग्राभेल गर्ने काम थालेका छौँ, असारसम्म सन्तुष्ट हुनेगरी कार्यप्रगति दिने योजनामा छौँ ।” रासस

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १ : ३४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा