२ असार २०८३, मंगलबार | June 16, 2026

रुपन्देहीका विद्यालयहरुको गाडी भाडा घटाउन अभिभावक संघको माग



बुटवल । अभिभावक संघ रुपन्देहीले नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रति लिटर १० रुपियाँ घटाउँदा पनि विद्यालयहरुले गाडी भाडा नघटाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै डिजेलको मूल्य घटेसँगै सार्वजनिक यातायातको गाडी भाडा समेत घटाइएको तर विद्यालयहरुले भने गाडी भाडा नघटाएर आर्थिक मन्दीका बेला अभिभावकमाथि भार थोपर्ने काम गरेको भन्दै आपत्ती जनाएको हो ।

संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तीमा यतिबेला मुलुक नै आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेको बेला अभिभावकलाई राहत र सहुलियत प्रदान गर्नुपर्नेमा उल्टै आर्थिक भार थोपर्ने कामले स्वयं विद्यालयकै पनि हित नहुने उल्लेख गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा वृद्धि भएको अनुपातमा भाडा बढाउने र मूल्य घट्दा सोही अनुपातमा भाडा घटाउने निर्णय गर्दा त्यो सबैभन्दा वैज्ञानिक हुने पनि संघले बताएको छ । “तर यहाँका विद्यालयहरु भाडा घटाउन छाडेर अभिभावकसँग सवारी भाडाका नाममा चर्को शुल्क असुली गरेको पाइएकोले यसतर्फ हामी सबै विद्यालयको ध्यानाकर्षण गराउन चाहन्छौं”–विज्ञप्तीमा भनिएको छ ।

विद्यालयहरूले लामो बिदाका बेलामा समेत यातायात लगायतको शुल्क मागेको भन्दै अभिभावकहरुको गुनासो र असन्तुष्टी प्रकट हुने गरेको भन्दै अभिभावक संघले यो गुनासोलाई संबोधन गर्न पनि विद्यालयहरुको ध्यानाकर्षण गराएको छ । त्यस्तै संघले विज्ञप्तीमा विद्यालयहरुले लामो बिदाका बेलाको समेत गाडी भाडा लिने गरेको र यसले विद्यालय सञ्चालकहरु मोटाउने र अभिभावकलाई आर्थिक व्ययभार बढिरहेको भन्दै यसतर्फ सचेत रहन पनि आग्रह गरेको छ । सरकारले जारी गरेको मापदण्डमा आधारित भएर विद्यार्थीको अवस्था र पहुँच अनुसार पढाउन र त्यसैका आधारमा शुल्क लिने व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

अर्कोतर्फ नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा समेत सबै पाठ्यपुस्तकहरु उपलव्ध नभएको भन्दै संघले विज्ञप्तीमा सबै पाठ्यपुस्तक यथाशीघ्र उपलव्ध गराउन माग गरेको छ । त्यस्तै स्थानीय पाठ्यपुस्तक पनि कतिपय विद्यालयले उपलव्ध नगराएको पाइएको भन्दै यस्ता विषयमा विद्यालयहरुले हेलचेक्र्याई गर्दा त्यसले शैक्षिक गुणस्तरमा समेत गम्भीर असर पर्ने विज्ञप्तीमा उल्लेख छ । अभिभावकको गुनासो संबोधन नगरिए अभिभावक संघले यस्ता विषयमा दवावमूलक कार्यक्रम गर्न बाध्य हुने समेत विज्ञप्तीमा चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : १० बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार