२१ भदौ २०८३, आइतबार | September 6, 2026

सदस्यसचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न उच्च अदालतको आदेश



विराटनगर । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास परिसदका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ ।

कोशी प्रदेश सरकारलाई उच्च अदालतले वानग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो ।

कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा पुगेका थिए ।

उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते  र दोस्रो पटक बैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।

तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : १६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका