१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सुरक्षाकर्मीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास



काभ्रे । मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् ।

दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका छन् भने नेपाली सेनाले गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो ।

शुक्रबार शसस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोकद्वारा सुनकोशी नदीमा मनसुन प्रतिकार्यसम्बन्धी उद्धार अभ्यास गरेका हुन् । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितमा आयोजित संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको १६ नं गण सिन्धुपाल्चोकका गणपति प्रहरी उपरीक्षक रवि केसीले बताए । सो अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर भुजेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएकाले सुरक्षाकर्मीलाई अभ्यासझैँ विपद्मा सफलता प्राप्त गर्न सुझाव दिएका थिए । थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा गरेको थियो ।

यसअघि काभ्रे सदरमुकाम धुलिखेलथित सेनाको कालीजङ्ग गणले गत वैशाख अन्तिम साता उक्त स्थानमै विपद् प्रतिकार्य संयुक्त अभ्यास गरेको थियो । गणले ‘मनसुन-३’ नामकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बिहीबार बैठकमार्फत मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिएको छ । समितिले बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको हो ।

साथै, अत्यावश्यक आवश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेमा चार सय २४ जना विपद्मा परेको जनाइएको छ । यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दुर्घटनाबाट ५९ को मृत्यु भएको थियो भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ०९ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई