काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
बिहान ११ बजेपछि सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको छ । त्यसअघि सुन्य समयमा सांसदहरुले आआफ्नो क्षेत्र र समसामयिक समस्याको बारेमा जानकारी गराइरहेका छन् ।
आजको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाग लिँदैछन् । ओलीले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने जनाएका छन् भने नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्ने बताएकाछन् ।
आजदेखि लगातार ५ दिनसम्म नीति तथा कार्यक्रमाथि छलफल हुने कार्यसूची संसद सचिवालयले तयार गरेको छ । जेठ ११ सम्म हुने छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पास हुनेछ ।
नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ ।



















प्रतिक्रिया