७ पुस २०८२, सोमबार | December 22, 2025

सरकारलाई ओलीको सुझाव – नीति कार्यक्रम ‘नीति शुन्य छ’, फिर्ता लिएर पुनर्लेखन गर्नु



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यो कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् । ओलीले सरकार वास्तवमा सरकारसँग कुनै नीति नै नभएको आरोप लगाए । सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको उनले जिकिर गरे । सरकारसँग नीति र कार्यक्रम नै नभएको आरोप लगाउँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उनले बताए ।
ओलीले भने, ‘नीति तथा कार्यक्रमको उद्देश्य छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन । कसरी जाने मार्गचित्र छैन । सर्वत्र नीति शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने नीति शून्य नीति । यस्तो नीति तथा कार्यक्रमले देशलाई गति दिन सक्दैन, राष्ट्रलाई अग्रगमनको गन्तव्यमा पुर्‍याउन सक्दैन । राष्ट्रले भोगिरहेका समस्या, जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न पनि सक्दैन ।’

अर्थतन्त्र ध्वस्त बनाउन वर्तमान सत्ता गठबन्धन लागिपरेको उनले आरोप लगाए । गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक रहेको उनले जिकिर गरे । ओलीले भने, ‘के यहि दिन ल्याउनका लागि, के देशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो ? यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको ? दुःखको कारण भएको छ यो गठबन्धन ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १२ : ५० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको