३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सरकारलाई ओलीको सुझाव – नीति कार्यक्रम ‘नीति शुन्य छ’, फिर्ता लिएर पुनर्लेखन गर्नु



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यो कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् । ओलीले सरकार वास्तवमा सरकारसँग कुनै नीति नै नभएको आरोप लगाए । सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको उनले जिकिर गरे । सरकारसँग नीति र कार्यक्रम नै नभएको आरोप लगाउँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उनले बताए ।
ओलीले भने, ‘नीति तथा कार्यक्रमको उद्देश्य छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन । कसरी जाने मार्गचित्र छैन । सर्वत्र नीति शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने नीति शून्य नीति । यस्तो नीति तथा कार्यक्रमले देशलाई गति दिन सक्दैन, राष्ट्रलाई अग्रगमनको गन्तव्यमा पुर्‍याउन सक्दैन । राष्ट्रले भोगिरहेका समस्या, जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न पनि सक्दैन ।’

अर्थतन्त्र ध्वस्त बनाउन वर्तमान सत्ता गठबन्धन लागिपरेको उनले आरोप लगाए । गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक रहेको उनले जिकिर गरे । ओलीले भने, ‘के यहि दिन ल्याउनका लागि, के देशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो ? यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको ? दुःखको कारण भएको छ यो गठबन्धन ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १२ : ५० बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर