काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आइतबार प्रहरीले सबै १६ जनालाई थप तीन दिनको म्याद थपका लागि अदालतमा पेश गरेको थियो । प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, संदेश शर्मा, टेक गुरुङ, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा र टेकनाथ रिजाल पक्राउ परेका छन् ।



















प्रतिक्रिया