३ चैत्र २०८२, मंगलबार | March 17, 2026

राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न



बुटवल । उद्यानहरूको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरूको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्ध पहल गर्ने उद्देश्यसहित बुटवलमा आयोजित प्रथम राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

स्वस्थ जीवनशैली, वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षण, जलवायु परिवर्तनका कारण भइरहेको जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न, हरित न्यायको सिद्धान्तलाई आत्मसात् गरी सहरलाई सुन्दरी गर्न उद्यानहरूको संरक्षण, संवर्द्धन र विकास गर्न आवश्यक रहेको सम्मेलनले घोषणा गरेको छ ।

देशभरि रहेका उद्यानहरूको संरक्षण, संवद्र्धन र विकासमा समुदायले गरेको योगदानको कदर गर्दै राज्यले अभिभावकत्व लिने र समुदायले सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय नीति र कानून निर्माण गरी कार्यान्वयन गर्न सम्मेलनले माग गरेको छ ।

उद्यानहरूको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत राष्ट्रिय नीति तथा कानून यथाशीघ्र निर्माण गर्ने र सबै प्रकारका वनअन्तर्गत रहेका उद्यानहरूलाई दीर्घकालीन उपयोग, स्वामित्व हस्तान्तरणको व्यवस्था मिलाउन सम्मेलनले माग गरेको छ ।

सम्मेलनमा जारी घोषणापत्रमा सबै तहका सरकार मातहत रहने पर्यटन बोर्ड÷परिषद्÷समितिहरूमा नेपाल उद्यान महासङ्घको प्रतिनिधित्व रहने व्यवस्था गर्न र उद्यानहरूसँग लिइँदै आएको बहाल कर, स्थानीय कर र पर्यटन करलाई खारेज गरी एकद्वार प्रणालीबाट एकल कर लिने व्यवस्था गर्न माग गरिएको छ ।

राष्ट्रिय उद्यान, प्रादेशिक उद्यान, स्थानीय उद्यानका सम्बन्धमा वर्गीकरणका स्पष्ट आधार र स्वामित्वलगायत सञ्चालन र व्यवस्थापनका निम्ति एकीकृत नीति र कानून यथाशीघ्र तर्जुमा गरी लागू हुनुपर्ने र नेपालमा सञ्चालित उद्यानहरूमा प्राविधिकरूपमा धेरै कमजोरी रहेको विषयलाई आत्मसात् गर्दै आगामी दिनमा प्राविधिकरूपले पनि सुदृढ र व्यवस्थित गर्ने सम्मेलनमार्फत प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : २५ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर