७ पुस २०८२, सोमबार | December 22, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज (मंगलबार) पुनः म्याद थपिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यस प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्ष अगाडिदेखि प्रक्रिया सुरु गरेको थियो । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ । यसैबीच करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरेको हो ।

उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेसहितको आठ जनाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने छ ।

यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । प्रहरीका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने पनि जनाइएको छ । पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरुद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ६ : ५५ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि