१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालगन्जमा निरन्तर विद्युत उपभोग गर्न शनिबार सम्म कुर्नुपर्ने



नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले शनिबार सम्ममा नेपालगन्ज र यस आसपासमा विद्युत सप्लाई निरन्तर कायम रहने आश्वासन दिएको छ । नेपालगन्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईसँगको छलफलमा प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले यस्तो आश्वासन दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्याधिक गर्मी हुने सहर नेपालगञ्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण नागरिकले सास्ती ब्यहोर्न बाध्य हुनु परेको बताएका थिए । उनले उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा पनि राखेका थिए ।

नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘विद्युतको नियमितता सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताए ।

पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको स्पष्टिकरण दिए । उनले शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने पनि बताए । “शनिबारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,” उनले भने–“बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।”

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ३० बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा