बुटवल । बुटवलमा उच्च शिक्षा अध्ययनको लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरी एक दिने वर्कशपको हुने भएको छ ।
विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके र इण्डिया ६ देशमा जान चाहेका विद्यार्थीलाई लक्षित गरेर व्रिटिस काउन्सिल अन्तरगतको रोयल एजुकेशनल फाउण्डेशनले यहि जेठको १३ गते शनिबार वर्कशप गर्न लागेको हो ।
जसमा आएल्स र पिटिईको बारेमा जानकारी गराउनको लागि व्रिटिस काउन्सील, पिएसएन, ईक्यान तथा रोयल एजुकेशनल फाउण्डेशनका प्रतिनीधिहरु आउने रोयल एजुकेशनल फाउण्डेशन बुटवलका सञ्चालक कृष्णहरी पाण्डेले जानकारी दिए ।
रोयल एजुकेशन फाउण्डेशनले एक वर्षदेखि बुटवलबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र भारत अध्ययनमा जान चाहनेहरुका लागि सेवा दिदै आएको छ भने काठमाडौंमा सन् २००३ देखि काम गर्दै आएको थियो ।
त्यसबाहेक इटहरीबाट पनि काम गर्दै आएको जनाएको छ । रुपन्देहीका विभिन्न विद्यालयका प्लस टु दिएर बसेका ३ सय विद्यार्थी वर्कसपमा सहभागी हुने उनले जानकारी गराए ।
आएल्स र पिटिईका बारेमा कसरी पढ्ने, कहाँ पढ्ने र उत्कृष्ट नतिजा ल्याउने उपायका बारेमा विषय विज्ञहरुबाट सहजीकरण गरिनेछ ।



















प्रतिक्रिया