२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गर्दै रोयल एजुकेशनलद्वारा एक दिने वर्कशप आयोजना



बुटवल । बुटवलमा उच्च शिक्षा अध्ययनको लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरी एक दिने वर्कशपको हुने भएको छ ।

विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके र इण्डिया ६ देशमा जान चाहेका विद्यार्थीलाई लक्षित गरेर व्रिटिस काउन्सिल अन्तरगतको रोयल एजुकेशनल फाउण्डेशनले यहि जेठको १३ गते शनिबार वर्कशप गर्न लागेको हो ।

जसमा आएल्स र पिटिईको बारेमा जानकारी गराउनको लागि व्रिटिस काउन्सील, पिएसएन, ईक्यान तथा रोयल एजुकेशनल फाउण्डेशनका प्रतिनीधिहरु आउने रोयल एजुकेशनल फाउण्डेशन बुटवलका सञ्चालक कृष्णहरी पाण्डेले जानकारी दिए ।

रोयल एजुकेशन फाउण्डेशनले एक वर्षदेखि बुटवलबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र भारत अध्ययनमा जान चाहनेहरुका लागि सेवा दिदै आएको छ भने काठमाडौंमा सन् २००३ देखि काम गर्दै आएको थियो ।

त्यसबाहेक इटहरीबाट पनि काम गर्दै आएको जनाएको छ ।
 रुपन्देहीका विभिन्न विद्यालयका प्लस टु दिएर बसेका ३ सय विद्यार्थी वर्कसपमा सहभागी हुने उनले जानकारी गराए ।

आएल्स र पिटिईका बारेमा कसरी पढ्ने, कहाँ पढ्ने र उत्कृष्ट नतिजा ल्याउने उपायका बारेमा विषय विज्ञहरुबाट सहजीकरण गरिनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ५१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री