२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नियमित विद्युत आपुर्तिको अभावमा कर्णालीमा संचालनमा रहेका कोल्ड स्टोर बन्द हुन थाले



सुर्खेत । विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अधिक विद्युत उत्पादनका कारण विद्युत खपत नभएको गफ दिईरहँदा कर्णाली प्रदेशमा संचालनमा रहेको एउटा चिस्यान केन्द्र (कोल्डस्टोर) पर्याप्त विद्युत आपुर्ति हुन नसक्दा बन्द हुन पुगेको छ । सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको हो ।

दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको दुई वर्ष जेनतेन चलेको भएपनि लगातारको विद्युत सप्लाईको अनियमितता र लो भोल्टेजका कारण बन्द हुन पुगेको हो । आर्थिक वर्ष २०७३।७४ देखि निर्माण शुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो । तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिएकी छन् ।

कोल्ड स्टोर सञ्चालनमा आएसँगै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र रुकुमका किसानहरु खुसी भएका थिए । तर, चिस्यान केन्द्रमा राखिएका तरकारी तथा फलफुलहरु लो भोल्टेजले मसिन नचलेपछि कुहिन थालको किसानहरुको गुनासो छ । विद्युत् नियमित नहुँदा स्टोरमा राखेको सुन्तला कुहिएर गएको प्रालिका सञ्चालक दलबहादुर शाहले बताए । उनका अनुसार स्टोरमा किवी र सुन्तला राखिएको थियो ।

विद्युत् नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको शाहीले बताए । जेनेरेटरबाट सम्भव छैन । किसानले राम्रो मूल्य पाउने आसमा स्टोरमा राख्छन् तर कुहिएर जान्छ । शाहीले भने, विद्युत्का कारण स्टोर सञ्चालनमा समस्या भएको शाहीले बताए ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजमएफपी), नारी जागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा उक्त कोल्ड स्टोर सञ्चालन गरिएको थियो । विद्युतको अनियमितताका कारण उता रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र सञ्चालनमा पनि कठिनाइ भएको छ ।

कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्ड स्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रालिको ५०/५० प्रतिशत अनुदानमा कोल्ड स्टोर सञ्चालन गरिएको हो । मन्त्रालयको ५० लाख र प्रालिको ५० लाख लागतमा स्टोर सञ्चालन गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा ठूला दुई सय मेट्रिक टन क्षमताका चार वटा कोल्ड स्टोर सञ्चालन गरिएको जनाएको छ । संचालनमा आएका कोल्ड स्टोरहरु पनि विद्युतका कारण सफल हुन नसकेपछि मन्त्रालयले १३२ केभिए विद्युत् प्रसारण लाइन नहुँदासम्मका लागि मन्त्रालयले नयाँ थप कोल्ड स्टोर निर्माण नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले विद्युत् आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए ।

उनले भने, “प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन् । नयाँ वीरेन्द्रनगरमा निर्माणको क्रममा छ । विद्युत्को भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ ।” मन्त्रालयले १३२ केभिए प्रसारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ५७ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव