३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

शुक्रबार राती नेपालगन्जबाट काठमाडौं उडेको बुद्ध एअर भैरहवामा अवतरण



भैरहवा । नेपालगन्जबाट यात्रु लिएर शुक्रबार राती ८ बजे काठमाडौका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा बासबस्न पुगेको छ । खराब मौसमका कारण काठमाडौमा अवतरण गर्न नसकेपछि उडान भएको २ घण्टा ८ मिनेट पछी  राती १० बजेर ८ बजेको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो ।

मध्यरातीसम्म पनि काठमाडौंको मौसममा सुधार नभएपछि विमानमा सवार यात्रुहरूलाई बुद्ध एअरकै व्यवस्थापनमा भैरहवामा बस्न र खानेको व्यवस्था मिलाएको विमानमा सवार एक यात्रुले बताए ।

सो विमानको पाइलटको फ्लाइट आवरको समय सकिएपछि यात्रुहरुलाई कम्पनीले भैरहवामै राख्ने व्यवस्था गरेको बताइएको छ । जहाज शनिबार बिहान ९ बजेमात्र उड्ने सूचना यात्रुलाई दिइएको विमानमा सवार प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धितालले बताए ।

भैरहवा विमानस्थलमा शुक्रबार देशका विभिन्न स्थानबाट काठमाडौका लागि उडेका चारवटा विमानहरु डाइभर्ट भएर आएको बताइएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : ५० बजे

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार