८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल प्रेस युनियनको स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन



बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिए ।

आज भएको रक्तदानमा १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता भएको अध्यक्ष नेपालले बताए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताइन्। उनले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गरिन् ।

त्यस अवसरमा बोल्दै युनियनका अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताइन् ।

प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् । त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

युनियनको स्थापना दिवसको अवसरमा हिजो, आज र भोली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ५ : ३४ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली