११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल: सम्पन्न



बुटवल । बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनलस्: सम्पन्न भएको छ । कार्यक्रम बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको आयोजनामा सो कार्यक्रम शनिबार बुटवलको द कन्सेप्टमा भएको हो ।

सक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा ६ वटा ब्याण्डले २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए । कार्यक्रममा अमाध्यम, द नेचर, सिन्थेसिस नेपाल, प्रनिस एण्ड टिम, अन्तिम पन्ना, मनिस एण्ड फ्रे्न्डस् व्याण्डहरुको प्रस्तुती थियो ।

समूहमा बुटवल, भैरहवा, सैनामैना, पाल्पा लगाएतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३ देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट पाचौं संस्करणको कार्यक्रम हो ।

‘पहिलेको वर्षमा हरेक पटक-फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको छ स कार्यक्रम संयोजक अनुप प्रधानले बताए । स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका सचिवर फाउनडर अनुप प्रधानले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : १८ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा