६ बैशाख २०८१, बिहिबार | April 18, 2024

ठगी आरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ



बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको उनीहरुको आरोप छ ।

कुर्मीले उनीहरुसहित १३ जना बचतकर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १० : १२ बजे

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर