११ भदौ २०८३, बिहिबार | August 27, 2026

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आज दिउँसो १ बजे संसद्को नियमित बैठक पनि बस्दैछ ।

सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले भोलि (सोमबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ । त्यसको पूर्वसन्ध्यामा संसदको संयुक्त र नियमित बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : २८ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र