८ बैशाख २०८१, शनिबार | April 20, 2024

आर्थिक मन्दीको मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल



बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई भाडा छुटको अपिल गरेका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले घरभाडा महङ्गो भएकै कारण होटल व्यवसाय धारासायी भएको बताए । उनीहरुले महङ्गो घरभाडाका कारण मेनु महङगो भएको उल्लेख गर्दै होटल व्यवसायलाई सहजरुपमा चलाउन पनि घरभाडा घट्न अनिवार्य रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दुई वर्षदेखी कोभिड १९ संक्रमण र अहिले आर्थिक मन्दीका कारण समस्यामा परेको होटल ब्यवसायीहरुलाई घरबहाल छुट गर्न आग्रह गरिएको बताए । उनले संस्थागत पहलमा १४ जना घरधनिबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको बताए । जटिल अवस्थालाई मध्येनजर गरि घर बहाल छुट गर्ने, बैकका ब्याजदर कम गर्ने र मुख्य घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत भाडामा रहेका छन । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु संघमा आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन । बुटवलबाट अस्थाई राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तरास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता कारण ब्यापार ब्यवसायमा गिरावट आएको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको जानकारी दिए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन । रुपन्देहीमा टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्ला सहित पाँचतारे ३ वटा होटल छन भने चारतारेमा बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरि ३ वटा तथा तीन तारे १२–१५ वटा होटल जिल्लामा छन् । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु रहेको रुपन्देहीमा बाँकी बजेट र डाउनटाउन लेभलका होटल छन् ।

पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढि लगानी रहेको उपाध्यक्ष खनालले दाबी गरे । ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । उनले भने, वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था भएको छ । नाट्टासंग सहकार्यमा टुर प्याकेज चलाउने तयारीमा आफुहरु रहेको उनले बताए ।

कार्यक्रमका बीच संघको पहिलो बैठकबाट पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रेस सल्लाहकारमा मनोनित गरेको जनाउँदै सल्लाहकार श्रेष्ठलाई पदस्थापन गराइएको थियो ।

कार्यक्रममा होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा घरधनि रबिलाल पोखरेलले धेरै ब्यवसायीहरु पेशा छोड्न मनसायमा देखिएको बताए । खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्यास आउनु जस्ता कारण पनि यसकाप्रत्यक्ष प्रभाव परेको उनले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  २ : १४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन