८ पुस २०८२, मंगलबार | December 23, 2025

आज गणतन्त्र दिवस : सैनिक मञ्चमा नेपाली सेनाले विशेष समारोह गर्ने



काठमाडौं। आज गणतन्त्र दिवस । आजको १६ औं गणतन्त्र दिवसको अवसरमा नेपालसहित बिदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहबाट विभिन्न कार्यक्रम आयोजना हुदैँछ । मुख्यगरी, सैनिक मञ्च, टुडिखेलमा सरकारले आयोजना गर्ने विशेष समारोहका बिचमा आज मुल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना विशेष परेडको आयोजना गर्नेछ ।

सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायधिस, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संबैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरुको उपस्थितिमा सो भब्य कार्यक्रमको आयोजना हुनेछ ।

यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, बिभिन्न संघ संस्थाहरुले पनि आ-आफना किसिमले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० वर्षे जहानिया शाषनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्फत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रतात्मक मुलक भएको अवसरमा हरेक बर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिईएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ५० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत