४ पुस २०८२, शुक्रबार | December 19, 2025

सहकारीको एम बैंकमार्फत आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक



काठमाडौं । सहकारी संस्थाका ग्राहकहरुको बैंकिङ एप ‘एम बैंक’ मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक आउने भएको छ ।

सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्न आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्नेलाई उक्त क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने बताइएको छ । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त क्यासब्याक अफर केही समयावधिका लागि लागु हुने बताइएको छ ।

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ सम्झौता भएको बताइएको छ । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ५७ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता