कठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेटबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहका लागि ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुने गरि बजेटमा ब्यवस्था गरिएको छ ।
बिनियोजित बजेतमा सबैभन्दा धेरै गाउँपालिकालाई बजेट बिनियोजन गरिएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गर्नेछ भने गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण गरिने छ ।
यस्तो छ अन्तर सरकारी बित्तिय हस्तान्तरणः



















प्रतिक्रिया