१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागनम सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए ।

अध्यागमनसम्बन्धी विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषय समावेश गरिने उल्लेख गर्दै गृहमन्त्रीले भने, “हामी अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छौँ, समितिबाट प्राप्त सुझाव अमूल्य सम्पत्ति हुनेछन्, यी विषयलाई विधेयकमा समावेश गरी अध्यागमन सुधारसम्बन्धी कामकारबाहीलाई प्रभावकारी बनाउने व्यहोरा अनुरोध गर्दछु ।”

उक्त प्रस्तावमाथिको छलफलमा सांसद नरबहादुर विष्ट, डा वेदुराम भुसाल, युवराज शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह (गरिमा), अञ्जान शाक्य, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गङ्गाकुमारी बेल्बासे, रुक्मिणी कोइराला र सुरेशकुमार आले मगरलगायतले प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकृष्ट गराए ।

त्यसअघि बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९’ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकतका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : २६ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा