२९ भदौ २०८३, सोमबार | September 14, 2026

‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका-५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद खाँनले भने, “क्लिनग्रीन सिद्धार्थनगरको नारा अनुसार यसलाई सबै परिवारसम्म प¥याराउने छौँ ।”

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न नगरपालिकाले प्रयास गरेको हुनाले सबै क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सडक-नाला तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न नगरपालिकाले आग्रह गरेको छ ।

सरसफाइ अभियानमा सिद्धार्थनगरका सबै जनप्रतिनिधि सहभागी भएका छन् । सरसफाइ अभियान जनस्तरबाट हुनुपर्ने भन्दै उपप्रमुख उमा अधिकारीले यसको नेतृत्व नगरपालिकाले गर्ने बताएकी छिन ।

स्थानीय समाजसेवी ओमकार गौचनले नगरपालिको यो अभियानले आफूमा गर्वको अनुभूति भएको बताए । “सुन्दर नगरलाई सफा र हराभरा बनाउने जिम्मेवार पनि नगरपालिका र स्थानीय जनताको हो”, गौचनले भने ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : १४ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा