८ चैत्र २०८२, आइतबार | March 22, 2026

सूचनाको हक क्षेमा क्रियाशिल अधिवक्ता तिवारी काठमाडौमा सम्मानित



नेपालगन्ज । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित भएका छन् । महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिक उत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो ।

तिवारीले नेपालगन्जमा विशेष गरि सूचनाको हक, नागरिकको अधिकार, नागरिकतालगायतका क्षेत्रमा उत्कृष्ट कार्य गरेको मुल्यांकन गरि सम्मान गरिएको केन्द्रले जनाएको छ । सोमबार काठमाण्डौमा आयोजित एक समारोहमा मञ्चका अध्यक्ष वरिष्ठ अधिबक्ता गिता आर्याल र निवर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता मिराकुमारी ढुङ्गानाले संयुक्त रुपमा तिवारीलाई गरेका थिए ।

नागरिकता र कानूनको क्षेत्रमा सक्रिय संस्था महिला, कानून र विकास मंचले विशेष गरि अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । तिवारीले नेपालगन्जमा आमाको नामबाट नागरिकता, जन्मदर्ता लगायतका लागि पैरवी गरि उच्च अदालतमा जनयाचिका मुद्दा मार्फत सरोकारवाल ानिकायलाई कार्यन्वयनमा दबाबका लागि पहल गर्दै आएका छन् ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले सूचनाको हक, सुशासन, नागरिक अधिकार र कानून र नागरिक समाजको अभियानलाई अगाडी बढाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : १९ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली