काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
मेलम्चीबाट पानी आउन छाढेपछि काठमाडौमा देखिएको पानीको अभाव कम हुने विश्वास गरिएको छ । मेलम्ची रोकिएपछि राजधानीका कतिपय स्थानमा हप्तौ पानी नआउँदा स्थानीयबासीले सास्ती खेपिरहेका थिए ।



















प्रतिक्रिया