६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न पूर्वमुख्यमन्त्री गिरीको आग्रह



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अबस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनिय रहेको बताएका छन् ।

नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४ औं उड्व्याज तथा ४५ औं गर्ल एड्भान्स तालिमको बुधबार बुटवलमा उद्घाटन गर्दै नेता गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक, मानसिक तथा शारिरीक तवरले राष्ट्रनिर्माणका लाग्न सक्ने जनशक्ति तयारगर्न सक्षम रहने बताए ।

नेता गिरीले स्काउटले बालबालिकाहरुमा सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन र सामुदायिक कार्यमा लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उच्च प्रसंशा पनि गरे । देशलाई समस्या परेका बेला उद्दार, राहत लगायतका कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको उनको भनाई थियो ।

नेपाल स्काउटले बर्तमान समाजमा देखिएको धमिलो वातावरणका बिरुद्ध अनुशासित, कर्तव्यनिष्ठ नैतिकवान र असल नागरिक तयार गराई सामाजिक दायित्व पुरागर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने गिरीको विश्वास छ ।

उद्घाटन कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र धोजुले राज्यको संघिय संरचना साथै नेपाल स्काउटको संरचनामा पनि ब्यापक परिवर्तन भएको बताए । स्काउट कार्यक्रम एक सामाजिक शैक्षिक कार्यक्रम भएकोले जन प्रतिनिधि, शिक्षासंग संबन्धित संघ सस्था, नागरिक समाज लगायतको सहयोगमा दक्ष्य नागरिक तयार गर्ने लक्ष्य रहेको प्रशिक्षक धोजुले बताए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा सन् २०३२ सम्ममा १ लाख ३८ हजार स्काउट सदस्य बनाई एक घर एक स्काउट साथै एक बिद्यालय एक युनिट तयार गरि समाज परिवर्तनमा टेवा पु¥याउने लक्ष्य प्रदेश स्काउट कार्यालय बुटवलले लिएको बताए । उनले यो बर्ष प्रदेशका १२ वटै जिल्लामा गरि जम्मा ८ सय ४५ जनालाई बि.टि.सी. र पि.टि.सी. तालिम दिइएकाृ सो को आधारमा सदस्यता बृद्धि अभियानलाई तिब्रता दिने बताए । उनले आगामी दिनमा प्रदेश स्तरीय क्याम्प संचालन गरि स्काउटका क्रियाकलापलाई अगाडि बढाउने बताए ।

यहि जेष्ठ १६ देखि २२ गतेसम्म चल्ने आवासिय तालिममा लुम्बिनी प्रदेशका १२ जिल्ला साथै बाग्मती प्रदेश, र गण्डकी प्रदेशका गरि जम्मा ४५ जना मध्ये २६ जना पुरुष र १९ जना महिला गरि रहेको स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको भनाइ थियो । यसै अवसरमा लुम्बिनी प्रदेश संयोजक भट्टराई र पवन कोइरालाले गिलविल स्कार्फ र उडब्याज प्राप्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्काउटका प्रदेश कार्यालयका प्रमुख तारा पुरीले गरेका थिए ।

के हो नेपाल स्काउट ?

नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । हाल विश्वका १७० देशमा ब्वाय र १५० देशमा गर्ल स्काउट राष्ट्रिय संस्थाहरु छन् । विश्वभर यी संस्थाका पाँच करोड व्याय स्काउट र एक करोड गर्ल स्काउट सदस्यहरु रहेको बताइन्छ ।

स्काउट संस्था विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था हो । विधान, नियम र व्यवस्थाहरु सरकारले निर्धारण गरेको यो संस्था शुरुदेखि नै स्वयमसेवीहरुबाट संचालित छ । यसका विधान, नियम, विनियमहरु समयानुकुल आवश्यकता अनुसार संशोधन एवं परिमार्जित हुँदै आएका छन् ।

यस्ता छन् नेपाल स्काउटका उद्देश्य

(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।

(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।

(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।

(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।

(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।

(च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको