९ माघ २०८२, शुक्रबार | January 23, 2026

आज विश्व दूध दिवस मनाइँदै



काठमाडौं । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३ औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाउन लागिएको हो । आम जनताले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने तयारी गरिएको हो ।

दिवसका अवसरमा आज नेपाल डेरी एशोसिएसनले नवीकरण आश्रमका बालबलिाका, ललितपुरमा दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो । नेपाल डेरी एशोसिएसन बागमती प्रदेशले सोही आश्रमका बालबालिकाको पढाइ र खानपिनका लागि रु एक लाख हस्तान्तरण गरेको छ । त्यसैगरी भोलि डेरी उद्योग सङ्घले आमाघरका वृद्धवृद्धालाई कालिमाटीमा बिहान दूध तथा दुग्ध पदार्थ वितरण गर्नुका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ३७ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी