२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

विश्व दूध दिवसको अवसरमा लम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई दूग्धपान



बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दूग्धपान गराइएको छ ।

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दूध तथा दूग्धजन्य परिकारहरू खुवाइएका हुन ।

‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ ।

सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउन व्यवसायीहरूलाई आग्रह गरे । पाठकले गोठदेखि ओठसम्म दूधमा शुद्धता हुन आवश्यक रहेको बताउदै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेकोमा जोड दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डन (मेसु) डा. सुदर्शन थापाले स्वच्छ दूध नियमित सेवनले धेरै स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउन सक्ने बताए । नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले दूधको खपत बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल डेरी एशोसिएसनका सल्लाहकार हिरा केसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वमंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण भट्टराई, डेरी एशोसिएसनका केन्द्रीय सहसचिव शिव भुसाल, केन्द्रीय सदस्य भुवन न्यौपाने लगायतले बोलेका थिए ।

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षता, रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण पौडेलको स्वागत तथा नेपाल डेरी एशोसिएसन केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश दूधमा आत्मनिर्भर रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ३३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री