३० चैत्र २०८२, सोमबार | April 13, 2026

काठमाडौं बूढानीलकण्ठमा रहेको एकता बुद्ध सहकारीले रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित छ जना पक्राउ



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

उक्त संस्थाका बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धराशायी बनाई बचतकर्ताले बचत गरेको रकम फिर्ता नदिएको बताइएको छ । उनीहरू बचत लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनराशिको अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्राचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्नलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : १९ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको