७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ



काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।

अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाईन्सको उडानबाट काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  २ : ४४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा