१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने उनी सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्री भोजमा सहभागी हुन पुगे ।

जेठ १८ गते प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । सोही दिन नेपाल-भारतका बिचमा ७ बुदेँ सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलविद्युत भारतमा निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको थियो । भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेघाबाट बिजुली खरिद गर्ने जनाएको थियो । भारतीय प्रधानमन्त्रीले पहिलो पटक सिमा विवादका बारेमा बोल्दै समस्या हल गर्ने जनाएका थिए ।

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजाअर्चना गर्न पुगेका थिए । भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दानसमेत गरे ।

उनले सो क्रममा मन्दिर भित्र पुजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दैै आरतीसमेत गरेका थिए । दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एशियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवोलकन गरेका थिए ।

आज जेठ २० गते पनि प्रधानमन्त्री प्रचण्ड बिहानभरी व्यस्त रहने छन । बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन भने स्पेशल इकोनोमजी जोनको भ्रमण सके पछि प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन ।

उनी साँझ ४ बजे नेपाल एअरलाइन्सको बिमानमार्फत मुम्बईबाट स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ६ : ३० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले