३ आश्विन २०८३, शनिबार | September 19, 2026

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीद्वारा नि:शुल्क पानी वितरण



बुटवल । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेका बेला लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले शनिबार निशुल्क पीउने पानी वितरण गरेको छ ।

क्लबले बुटवल-६ हाटबजार लाइनमा दिनभर पीउने पानी वितरण गरेको अध्यक्ष जित बहादुर रानाले बताए ।

पछिल्लो केहीदिन यता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिक ज्यालादारी गरेर खाने नागरिकहरु थप प्रभावित भएको क्लब रिजनल चियरपर्सन विनेशमान बर्जाचार्यले बताए ।

क्लबले सर्वसाधारलाई पीउने पानी वितरण गरेर हेर्दा सामान्य तर महत्वपूर्ण समाज सेवामा सहभागी भएकोप्रति सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । शनिबार बुटवल बजार गर्न आएका सर्वसाधारण तथा पैदल यात्रीले सेवा लिएका थिए ।

क्लबका सदस्य प्रकाश खनालको सञ्चालनमा एक औपचारिक कार्यक्रमसहित सुरु गरिएको पानी वितरण कार्यक्रममा पशुपन्छी तथा चराचुङ्गीलाई समेत लक्षित गरि खुला ठाउने पीउने पानीको व्यवस्था गर्न सदस्यहरुले पतिवद्धता गरेका थिए ।

गर्मी तथा सुख्खायाममा मानवीय स्वभावमा ल्याएको सामान्य परिवर्तनले धेरै जीवजन्तुको समेत जीवन रक्षा हुन सक्ने खनालले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ३२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब