६ पुस २०८२, आइतबार | December 21, 2025

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीद्वारा नि:शुल्क पानी वितरण



बुटवल । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेका बेला लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले शनिबार निशुल्क पीउने पानी वितरण गरेको छ ।

क्लबले बुटवल-६ हाटबजार लाइनमा दिनभर पीउने पानी वितरण गरेको अध्यक्ष जित बहादुर रानाले बताए ।

पछिल्लो केहीदिन यता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिक ज्यालादारी गरेर खाने नागरिकहरु थप प्रभावित भएको क्लब रिजनल चियरपर्सन विनेशमान बर्जाचार्यले बताए ।

क्लबले सर्वसाधारलाई पीउने पानी वितरण गरेर हेर्दा सामान्य तर महत्वपूर्ण समाज सेवामा सहभागी भएकोप्रति सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । शनिबार बुटवल बजार गर्न आएका सर्वसाधारण तथा पैदल यात्रीले सेवा लिएका थिए ।

क्लबका सदस्य प्रकाश खनालको सञ्चालनमा एक औपचारिक कार्यक्रमसहित सुरु गरिएको पानी वितरण कार्यक्रममा पशुपन्छी तथा चराचुङ्गीलाई समेत लक्षित गरि खुला ठाउने पीउने पानीको व्यवस्था गर्न सदस्यहरुले पतिवद्धता गरेका थिए ।

गर्मी तथा सुख्खायाममा मानवीय स्वभावमा ल्याएको सामान्य परिवर्तनले धेरै जीवजन्तुको समेत जीवन रक्षा हुन सक्ने खनालले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ३२ बजे

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु