२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सेयर लगानीकर्ताको ब्रोकर कार्यालयहरूमा तालाबन्दी



काठमाडौ । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।

उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।

विद्यमान पुँजीगत लाभकर (५ %र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकमा उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।

आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरुमा पनि तालाबन्दी गरिने बताए । उनले भने, ‘अहिले बिहान हामी अर्थमन्त्री प्रकाशशरण महतको घरमा गएका थियौं तर त्यहाँ प्रहरीले रोक्यो । त्यसपछि हामी आएर ब्रोकरको कार्यालय तालाबन्दीमा सक्रिय भएका छौं । हामीले क्षेत्र–क्षेत्र तोकेर टोली नेताहरु खटाएर छौं।’

लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर तालाबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए ।

पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : १२ बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज